हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
shilapatra.com · Wed Aug 05 04:48:00 GMT 2026

गत १ वैशाखदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यकाबाट आठ, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट पाँच जना पक्राउ परेका हुन् । उनीहरूबाट चाइनिज पेस्तोल दुई थान, पेस्तोल दुई थान, रिभल्भर एक थान, कटुवा पेस्तोल नौ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक नौ थान र एयरगन तीन थान बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)