तरकारी बोकेको ट्रक चण्डीखोलामा खस्दा एकको मृत्यु, चालक घाइते
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । मकवानपुरमा तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बुधबार राति करिब २ः३० बजे मकवानपुरको भीमफेदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गमा पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको छ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब सय मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)