वालिङमा ‘कृषि एम्बुलेन्स’
annapurnapost.com · Wed Aug 05 04:54:04 GMT 2026

स्याङ्जा : वालिङ् नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । सेवा प्रारम्भ भएसँगै यहाँका किसानद्धारा उत्पादित बिशेष गरी तरकारी तथा फलफूल बोकेर हिंड्नु पर्ने वाध्यता हट्ने भएको छ । वालिङ नगरपालिका र दियालो संस्थाद्धारा सञ्चालित वालिङ कृषि विकास परियोजना (हेफर इन्टरनेसनल नेपाल) को साझेदारीमा कृषि एम्बुलेन्स नामाकरण गरिएको सामान बोक्ने सवारी साधन खरिद गरी सञ्चालनमा ल्याइएको छ ।
कुल ३२ लाख ९० हजारको लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको छ । जसका लागि वालिङ् नगरपालिकाको १८ लाख ९० हजार र परियोजनाले १४ लाख रुपैयाँ साझेदारी गरेका नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए । ‘खेतबारीदेखि बजार र सेवाग्राहीका घरसम्म जोड्ने गरी ल्याइएको किसानमैत्री कार्यको प्रारम्भ भएकाले कृषि उपजको बजारीकरणमा किसानले चिन्ता गर्नुपर्ने अवस्था रहने छैन’, प्रमुख खाँणको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)