हजुरबुबाको हत्या आरोपमा नाती पक्राउ
annapurnapost.com · Wed Aug 05 05:01:01 GMT 2026

सोलुखुम्बु : सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले निरबहादुरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका कृष्ण गोपालको स्वास्थ्य चौकी नुनथलामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)