ह्वात्तै बढ्यो सुनको भाउ
himalpress.com · Wed Aug 05 05:11:30 GMT 2026

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० थियो। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० मा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)