किभमा रुसी क्षेप्यास्त्र आक्रमण : १४ जनाको मृत्यु, २२ जना घाइते
ratopati.com · Wed Aug 05 05:23:36 GMT 2026

किभ । रुसले बुधबार बिहान युक्रेनको राजधानी किभ र वरपरका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
बुधबार मध्यरातपछि रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत ठुलो आक्रमण गरेको छ । किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोले रुसले फेरि एक पटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)