कैलालीमा छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु
shilapatra.com · Wed Aug 05 05:17:00 GMT 2026

कैलालीमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका– ७, झुंगा दाराबोझी चोक र भजनी नगरपालिका– ४, बिजुलियामा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
टीकापुर नगरपालिका– ७ झुंगा दाराबोझी चोकमा तरकारी बोकेको बोलेरो र ग्यास सिलिन्डर बोकेको ट्रक एकआपसमा ठोक्किँदा बोलेरोका सहचालक सल्यानका २३ वर्षीय सञ्जीव ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)