तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एकको मृत्यु
kalakarmi.com · Wed Aug 05 05:30:10 GMT 2026

मकवानपुर- त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २ः३० बजे वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)