नेपाललाई दक्षिण एसियाकै आईटी हब बनाउने लक्ष्यसहित ‘वर्डक्याम्प काठमाडौं २०२६’ हुँदै
nepalpress.com · Wed Aug 05 05:27:22 GMT 2026

काठमाडौं । नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासलाई केन्द्रमा राख्दै वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएको छ। वर्डप्रेस काठमाडौंको आयोजनामा हुने यो दुई दिने सम्मेलन गैरीधारास्थित एलिस रिसेप्सनमा सञ्चालन हुनेछ।
विश्वका करिब ४३ प्रतिशत वेबसाइटहरू वर्डप्रेस प्लेटफर्ममार्फत सञ्चालन भइरहेको सन्दर्भमा यो सम्मेलनलाई नेपाली विकासकर्ता, डिजिटल उद्यमी र एजेन्सीहरूका लागि विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सम्मेलनमा नेपालसहित अमेरिका, युरोप, बङ्गलादेश र भारतका ५०० भन्दा बढी सहभागी र ३० भन्दा बढी विज्ञ वक्ताहरूको उपस्थिति रहने आयोजकले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)