विकास बजेट कार्यान्वयन नहुने परिपाटी सुधार्नुपर्छ
ratopati.com · Wed Aug 05 05:41:43 GMT 2026

कर्णालीको सत्ता समीकरण परिवर्तन भएको छ । दुई वामपन्थी दलहरू बिचको सहकार्य नयाँ ढंगले सुरुवात भएको छ । नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीसँग एक वर्षभन्दा बढी मन्त्रालय चलाएको अनुभव छ । शासकीय अनुभवका हिसाबले उहाँको कार्यकाल फलदायी हुनुपर्छ । उहाँ राजनीतिक आन्दोलनमा लामो समयदेखि जोडिएकै व्यक्तित्व हो ।
नयाँ सरकार सामु चुनौती छन् नै । हरेक सत्ता सञ्चालनमा चुनौती र अवसर सँगसँगै आउँछन् । अबको समय चुनौतीलाई घटाउँदै अवसरलाई बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । उहाँले सरकारलाई कसरी अगाडि लैजानुहुन्छ भन्नेमा सबैको चासो छ । उहाँका सामु केही विशेष चुनौती देखा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)