निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
ratopati.com · Wed Aug 05 05:47:07 GMT 2026

काठमाडौँ । पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिक हिम पहिरोमा परी दुःखद निधन भएपछि उनको फाउन्डेसनले राहत कोषको घोषणा गरेको छ । निम्सदाइ फाउन्डेसनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतीय गाइडहरूका पीडित परिवारको सहयोगार्थ विशेष राहत कोषको घोषणा गरेको फाउन्डेसनले आफ्नो सामाजिक सञ्जालमा मार्फत जानकारी दिएको हो ।
‘फाउन्डेसनले आफ्ना संस्थापक गुमाउनुपर्दाको अकल्पनीय शोकका बिच पनि ब्रोड पिक हिम पहिरोमा ज्यान गुमाएका अन्य गाइडका परिवारहरूलाई आर्थिक र मानसिक सहारा प्रदान गर्ने उद्देश्यका साथ ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ को स्थापना गरेको हो,’ फाउन्डेसनले इन्स्टाग्राममा पोस्ट राख्दै भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)