प्रेमिका खोज्न वर्षैपिच्छे बस्ती छिर्ने हात्तीबाट गाउँमा त्रास
annapurnapost.com · Wed Aug 05 05:37:41 GMT 2026

कञ्चनपुर : २०८० सालको साउन ३१ गते राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा पर्ने वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमै एउटा वयस्क पोथी हात्ती सेफ्टी ट्यांकीमा खसेर मर्यो । बथानमा आएको पोथी हात्ती सामुदायिक वनको कार्यालय पछाडि बनाइएको सेफ्टी ट्याङ्कीमा खसेर मरेको हो ।
‘रातिको समयमा आएको हात्तीको बथानमध्येको एउटा पोथी हात्ती सेफ्टी ट्याङ्कीमा खसेछ । रातभरी माथि आउन नसकेपछि निसास्सिएर साउन ३२ गते मृत अवस्थामा भेटिएको हो’ सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले भने । ‘निकुञ्जको टोलीले उक्त मृत हात्ती सामुदायिक वन कार्यालयकै परिसरमा गाडेर गयो ।’ तर अचम्मको कुरा के छ भने त्यसपछि हात्तीको बथानले सामुदायिक वन र आसपासको क्षेत्रमा वितण्डा नै मच्चाउने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)