देव जैसवाललाई ‘ग्रान्ड विनर’को उपाधि
himalpress.com · Wed Aug 05 05:52:53 GMT 2026

काठमाडौँ- नेपालका बाल प्रतिनिधि देव जैसवालले ‘ग्रान्ड विनर’को उपाधि जितेका छन्। मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा भएको अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवर्द्धन सम्बन्धी प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ अन्तर्गत बालक विधामा उनले ‘ग्रान्ड विनर’को उपाधि जितेका हुन्।
विश्वका विभिन्न देशबाट सहभागी भएका उत्कृष्ट प्रतिस्पर्धीबीच सम्पन्न अन्तिम प्रतिस्पर्धामा देवले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता, नेपाली संस्कृति तथा पर्यटन प्रवर्द्धनप्रतिको समर्पणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जितेका थिए। प्रतियोगितामा देवले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान तथा प्राकृतिक सम्पदालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)