मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प
nepalviews.com · Wed Aug 05 05:58:29 GMT 2026

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल मुआब्जा विवादका कारण १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन । पुलका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल बन्द गराएपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन् ।
पुल सञ्चालनमा नआएपछि सवारीसाधनहरू हिउँदमा खोलाबाटै आवतजावत गर्दै आएका थिए । तर पछिल्ला दिनमा लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेपछि समेत स्थानियहरु पुलमा हिँड्न पाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)