नयाँ गठबन्धनले एमालेमा रडाको, ‘पावर’को प्रतिस्पर्धा !
ratopati.com · Wed Aug 05 06:10:59 GMT 2026

काठमाडौँ । साउन ९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच प्रदेश सत्ता गठबन्धन गर्ने सहमति गरेसँगै एमालेमा भाँडभैलो जारी छ । ओली र प्रचण्डबिच पाँच प्रदेशमध्ये ३ वटामा एमाले र २ वटामा नेकपाले सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो । तर, सहमति कार्यान्वयनका सवालमा एमालेभित्रै एकरूपता नहुँदा किचलो बढेको हो ।
ओली–प्रचण्डको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्नेछ । यद्यपि कोशी र लुम्बिनीमा हाल पनि एमाले नेतृत्वकै सरकार छ । कोशीमा हाल एमाले सचिवसमेत रहेका हिक्मत कुमार कार्की मुख्यमन्त्री छन् । तर, कार्कीलाई हटाएर ताप्लेजुङबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा संसदीय दलका उपनेतासमेत रहेका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने अध्यक्ष ओलीको अडानका कारण भाँडभैलो मच्चिएको हो । ओली जसरी पनि कार्कीलाई हटाउने पक्षमा छन् भने कार्की संस्थागत निर्णयविना नहट्ने अडानमा रहेकाले पटक–पटक भएका छलफल निष्कर्षविहीन टुङ्गिँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)