भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणाली अन्तिम चरणमा, २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा
kalakarmi.com · Wed Aug 05 06:21:19 GMT 2026

काठमाडौं- चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन् ।
भरतपुरमा सञ्चालित पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रणालीमा विद्युत् चार्ज गर्ने काम प्रारम्भ भइसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)