कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरि चापागाईं, निजीमा काम गरेको पाइएपछि हटाइए डा. राय
shilapatra.com · Wed Aug 05 06:22:00 GMT 2026

सरकारले कान्ति बाल अस्पतालको निर्देशक परिवर्तन गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई जिम्मेवारीबाट हटाएर डा. रामहरि चापागाईंलाई निर्देशकको जिम्मेवारी दिएको हो ।
डा. रायले सरकारी अस्पतालको नेतृत्वमा रहेकै बेला निजी अस्पतालमा काम गरेको पाइएपछि हटाइएको हो । उनी निजी अस्पतालमा काम गर्न सरकारी गाडी नै लिएर गएको भिडियोसहितका समाचार सामग्रीहरू प्रकाशित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)