चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन
kendrabindu.com · Wed Aug 05 06:32:42 GMT 2026

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर (रगतको क्यान्सर) बाट पीडित रावतको मुम्बईस्थित कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा मङ्गलवार निधन भएको हो।
उनका व्यवस्थापक सिद्धार्थ तिवारीका अनुसार रावत विगत एक महिनादेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए। केही समयअघि निको भइसकेको क्यान्सर पुनः दोहोरिएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। उनका श्रीमती र एक छोरा विक्रमादित्य रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)