सिराहामा पनि ग्याँस अभाव, खाली सिलिन्डर बोकेर घण्टौँ लाइनमा उपभोक्ता
ratopati.com · Wed Aug 05 06:39:36 GMT 2026

सिराहा । सिराहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्याँसको चरम अभाव देखिएको छ । ग्याँस सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्याँस डिलरकहाँ घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।
गोलबजार नगरपालिका–४, लहान नगरपालिका–३ रघुनाथपुर चोक, सडक डिभिजन कार्यालय अगाडिका ग्यास डिलरलगायत स्थानमा बिहानदेखि नै उपभोक्ताको भीड देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)