यमन नजिकै आक्रमण हुँदा भारतीय जहाज डुब्यो
annapurnapost.com · Wed Aug 05 06:33:36 GMT 2026

भारत : यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । भारतका जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले एमएसभी फैज नूरे ओलिया जहाजमा सवार सबै १४ जनालाई सकुशल उद्धार गरिएको बताएका छन् । उद्धार गरिएकामध्ये १३ जना भारतीय नागरिक थिए ।
सोनोवालले यसलाई ‘कुनै उक्साहट बिनाको आक्रमण’ भन्दै कडा निन्दा गरेका छन् । उनले यस क्षेत्रमा नाविकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने पनि बताएका छन् । हालसम्म जहाजमाथि आक्रमण कसले गर्यो भन्ने स्पष्ट भएको छैन । तर साउदी समर्थित यमनी सरकारले यस आक्रमणका लागि हूती विद्रोहीहरूलाई जिम्मेवार ठहराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)