२९ रनमै ८ विकेट गुमाए पनि अमेजन वारियर्सले उपाधि जित्दै रच्यो इतिहास
kendrabindu.com · Wed Aug 05 06:47:58 GMT 2026
काठमाडौं । जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा सम्पन्न ग्लोबल सुपर लिग (जीएसएल) २०२६ को फाइनलमा डिफेन्डिङ च्याम्पियन गयाना अमेजन वारियर्सले सान फ्रान्सिस्को युनिकोर्न्सलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको गयाना केवल २९ रन जोड्दा ८ विकेट गुमाएर चरम सङ्कटमा परेको थियो। युनिकोर्न्सका अनिरुद्ध इम्यानुएल (३-७) र पिटर सिडल (३-१८) को घातक बलिङसामु गयानाको माथिल्लो क्रम ध्वस्त भएको थियो। तर म्याथ्यु फोर्ड (२८ रन), ड्वेन प्रिटोरियस (अविजित १७ रन) र कप्तान इमरान ताहिर (११ रन) को योगदानले गयानाले १८.५ ओभरमा ८५ रनको योगफल खडा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)