धनुषामा सम्बन्धविच्छेदका घटना बढे
nepalnews.com · Wed Aug 05 07:03:48 GMT 2026

जनकपुरधाम। धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ। जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले सामाजिक संरचना, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखाएको हो।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ समेत अदालतमा सम्बन्धविच्छेदका ५०० मुद्दा अदालतमा थिए। त्यसमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन रहेको सूचना अधिकारी महतोले बताए। अघिल्लो आव २०८१/८२ मा सम्बन्धविच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)