रेडक्रसको अनियमितता छानबिन समितिले नै पाएन पुराना प्रतिवेदन
annapurnapost.com · Wed Aug 05 07:06:37 GMT 2026

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको अनियमितताबारे छानबिन गर्न गठित समितिले नै पुराना प्रतिवेदनका फाइल पाउन नसकेको खुलेको छ। मंगलबार पत्रकार भेटघाट कार्यक्रममा छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले पुराना प्रतिवेदन पाउन नसकेको खुलासा गरेका छन्।
केन्द्रीय तदर्थ समितिले असार ५ गते रेडक्रसको बेथिति, भ्रष्टाचार र अनियमितता छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका सुशासनविद् डा. घिमिरेको संयोजकत्वमा अधिवक्ता यशस्वी थापा र सीए सतिश सुवेदी रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)