उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ -सुलभ खरेल
kendrabindu.com · Wed Aug 05 07:12:01 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धका विषयमा छलफल भएको छ ।
बुधबार छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले सर्वोच्च अदालतका न्यायाधीश उच्च नैतिक चरित्र भएका हुनुपर्नेमा बताएका छन् । न्यायपालिकामा सुधार आवश्यक रहेको बताउँदै उनले त्यसका लागि संविधान तथा कानुनी व्यवस्थामा आवश्यक संशोधनबारे गम्भीर छलफल हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)