बाढीपहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोमको निःशुल्क इन्टरनेट
ratopati.com · Mon Aug 31 06:50:17 GMT 2026

काठमाडौँ । विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका आफ्ना ग्राहकहरूलाई डिशहोम इन्टरनेटले निःशुल्क सेवा उपलब्ध गराउने भएको छ। बाढीका कारण सञ्चार सेवामा बाधा पुगेको र आपत्कालीन समन्वयका लागि इन्टरनेट अनिवार्य हुने भएकाले कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा दिने घोषणा गरेको हो।
डिशहोमका अनुसार यो सुविधा विशेषगरी त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका ग्राहकहरूले प्राप्त गर्नेछन् । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले यस विषम परिस्थितिमा सूचनाको पहुँच सुनिश्चित गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)