समितिको कार्यशैली अपरिपक्व भयो : सांसद गुरुङ
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गरेकी छिन्।
प्रतिनिधिसभा अन्तर्गतको उक्त समितिको बुधबारको बैठकमा बोल्दै उनले पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै समितिका निर्णयहरू अपरिपक्व हुँदै गएको र यसले समितिको गरिमामा आँच पुर्याएको बताएकी हुन्। स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था र समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सांसद गुरुङले एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट जस्ता अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूलाई छलफलका लागि आमन्त्रण गरिएको विषयमा कडा आपत्ति जनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)