जर्सीमा ‘भोजिन्हा’ प्रयोग गर्न कोलो–कोलोलाई चिली फुटबल संघको अनुमति
baahrakhari.com · Wed Aug 05 07:26:19 GMT 2026
काठमाडौं । केप भर्डेका गोलकिपर भोजिन्हाले चिलीको क्लब कोलो–कोलोमा आफ्नो उपनामको जर्सी लगाउन पाउने भएका छन् । बुधबार चिली फुटबल संघ (एएनएफपी)ले उनलाई भोजिन्हा नामकै जर्सी लगाउन अनुमति दिएको हो ।
सोहीअनुसार उनलाई ‘कोलो–कोलो भोजिन्हा’ नाम अंकित २९ नम्बरको जर्सीसहित सार्वजनिक गरिएको छ । भोजिन्हा पोर्चुगिज उपनाम हो । यसको पोर्चुगिज अर्थ ‘लिटल ग्रान्ड मदर’ हो । बाल्यकालमा उनी सडकमा फुटबल खेल्दा रोएका क्षण र आफूलाई हुर्काएका हजुरबुबा तथा हजुरआमाको निधनपछि भावुक भएको क्षणलाई लिएर उक्त उपनाम दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)