कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड
khabarhub.com · Wed Aug 05 07:30:52 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागतअनुसार प्रतिफल पाउने अवस्था बनाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्माण गरेको बीउ प्रशोधन तथा भण्डारण गृहको आज उद्घाटन गर्दै उनले कृषि उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान र कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)