नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
kathmandupati.com · Wed Aug 05 07:39:34 GMT 2026

काठमाण्डु – दक्षिण कोरियाका राजदूत पार्क तइयोङ र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए । उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गरे। उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ । अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)