लगानी बोर्डको सीईओमा नियुक्त यांकी उक्याब को हुन् ?
nepalviews.com · Wed Aug 05 07:35:34 GMT 2026

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) याकी उक्याब नियुक्त भएकी छिन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । लगानी बोर्डले विदेशी तथा स्वदेशी लगानी परियोजना स्वीकृति दिने तथा लगानीको वातावरण बनाउने काम गर्छ ।
यांकी उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार (Senior Policy Adviser) का रूपमा कार्य गरिसकेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)