किन सधैँ जलमग्न हुन्छ जमल ? यस्तो छ अध्ययन प्रतिवेदनको निष्कर्ष
clickmandu.com · Wed Aug 05 07:37:42 GMT 2026

काठमाडौं । लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ । उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन ?’ भन्ने चिन्ताले बढी सताउँछ । घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उनका लागि तनावको विषय बनेको छ ।
‘पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको डर । मनसुनभर अफिस जाँदा–आउँदा एउटा मात्रै कामना हुन्छ—पानी परे पनि जमल नडुबोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)