स्याउ जोन परियोजनाका भौतिक प्रगति ८४ प्रतिशतभन्दा बढी
deshsanchar.com · Sat Jul 06 17:15:56 UTC 2024

सिमकोट – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोयोजना स्याउ जोनको यस आर्थिक वर्षमा भौतिक प्रगति ८४ प्रतिशत भन्दा बढी देखिएको छ। आर्थिक वर्ष सम्पन्न हुन एक हप्ता भन्दा बढी समय रहेको भएपनि शुक्रबार परियोजनाले आयोजना गरेको वार्षिक समिक्षा एव सार्वजनिक सुनुवाई कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको हो।
परियोजनाका प्रमुख राम दरेश राय कार्यक्रममा प्रस्तुतती मार्फत सार्वजनिक गरेको बिबरणमा चालु आर्थिक वर्षमा ८४ दशमलव ४२ प्रतिशत भौतिक प्रगति हाँसिल देखिएको छ। उनले एक दुई वटा फाईलहरु बाँकी रहेको कारण यो प्रगति प्रगतिशत केही बृद्धि हुने बताए। त्यसैगरि बित्तिय प्रगति ८२ दशमलव ४५ प्रतिशत रहेको प्रस्तुत प्रतिबेदनमा देखिएको थियो। परियोजना आर्थिक वर्ष ०७६।०७७ बाट हुम्ला जिल्लामा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)