के लघुवित्तहरु उहिलेका सुदखोर हुन ?
ajakoartha.com · Wed Aug 05 07:48:00 GMT 2026

काठमाडौ- बर्षे झरीमा देशैभरिबाट आएका लघुवित्त पीडितहरुको बेहाल देखेर राजधानीबासीहरुको मन जति खिन्न भयो राज्इले त्यसको महशुस कति गर्यो थाहा भएन । तर संझौता नामको कागजमा हस्ताक्षर भएपछि पीडितहरु घर फर्केका छन् । पीडितहरुको अवस्था र लघुवित्तहरुको शोषणको कथा पढ्नेहरु जो कोही पनि द्रविभूत हुने अवस्था छ । के लघुवित्तहरु उहिलेका सुदखोर हुन भन्ने प्रश्न उठाउन्पर्ने स्थिति आउनु आफैमा आधुनिक समाजको लागि लज्जाको विषय हो । नेपालको ग्रामीण र विपन्न समुदायको आर्थिक उत्थानका लागि एउटा भरपर्दो खम्बा मानिएको लघुवित्त क्षेत्र अहिले ठूलो संकट र विवादको घेरामा छ । गरिबको बैंक भनेर चिनिने यी संस्थाहरूले पछिल्ला वर्षहरूमा आफ्नो बाटो बिराउँदा हजारौँ सर्वसाधारणको उठीबास भएको छ । जुन संस्थाले गाउँका महिला र निम्नवर्गीय परिवारलाई व्यवसाय गर्न र स्वरोजगार बन्न सिकाउनुपर्ने थियो, तिनै संस्थाहरू आज सोझा नागरिकलाई ऋणको पासोमा पारेर जायजेथा सिध्याउने माध्यम बनेका छन् । लघुवित्तको यो विकराल अवस्था रातारात आएको होइनस यो त संस्थाहरूको असीमित नाफा कमाउने होड र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको चरम लापरबाहीको परिणाम हो ।
लघुवित्तको मुख्य समस्या यसको ऋण प्रवाह गर्ने तरिकामै देखिन्छ । सुरुका दिनमा लघुवित्तहरूले सामाजिक भावनाका साथ काम गरे पनि पछिल्लो समय उनीहरू केवल व्यापारिक मुनाफामा केन्द्रित भए । एउटै गाउँमा दर्जनौँ लघुवित्त पुग्नु र उनीहरूबीच कसले धेरै लगानी गर्ने भन्ने अस्वस्थ प्रतिस्पर्धा चल्नु नै विनाशको सुरुवात थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)