अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको तालिका सार्वजनिक
annapurnapost.com · Wed Aug 05 07:49:51 GMT 2026
काठमाडौं : अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने यो प्रतियोगिता अगष्ट २१ देखि ३० सम्म हुनेछ । डार्विनमा हुने यस प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ ।
नेपालले लिगको पहिलो खेलमा एनटी स्ट्राइकसँग खेल्ने छ । यस प्रतियोगिताका लागि नेपालको टोली भने घोषणा भएको छैन । यस प्रतियोगितामा नेपालले अघिल्लो संस्करणमा पनि सहभागिता जनाएको थियो । जसमा लिग चराणको ६ खेलमा नेपालले २ खेलमा जित दर्ता गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)