संसद्मा उठाएका जनसरोकारका विषयको प्रगतिबारे सम्बन्धित सांसदलाई जानकारी दिन शुरू
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदले उठाएका नागरिक सरोकारका सवाललाई अभिलेखमा मात्र सीमित नराखी तिनको सम्बोधन, प्रगति विवरण सङ्कलन र नियमित अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो। गत एक सातामा प्रतिनिधिसभा र राष्ट्रियसभामा शून्य समय, विशेष समयलगायतका छलफलमा उठेका विषयहरू सम्बन्धित मन्त्रालयले टिपोट तथा अभिलेखीकरण गरी समाधानका लागि चालिएका कदम र भएको प्रगतिबारे सम्बन्धित सांसदलाई जानकारी गराउन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)