रुसी ब्यालिस्टिक मिसाइल आक्रमणमा किभमा १७ जनाको मृत्यु
baahrakhari.com · Wed Aug 05 08:08:50 GMT 2026

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । ४४ जना घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् ।
बुधबार मध्यरातपछि सुरु भएको यो आक्रमण यस वर्ष किभमा भएका सबैभन्दा घातक आक्रमणमध्ये एक हो । किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोले रुसले फेरि एकपटक राजधानीमाथि व्यापक आक्रमण गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)