केएल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि राहत पठाइँदै
ratopati.com · Mon Aug 31 06:58:36 GMT 2026

काठमाडौँ । केएल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाउने भएको छ । ग्रुपले भदौ १५ गते बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउन लागेको हो ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्री पठाउन लागिएको ग्रुपले जनाएको छ । पहिलो चरणमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, दालमोठ तथा विभिन्न मसलालगायत सामग्री पठाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)