परराष्ट्रमन्त्री खनाल र राजदूत पार्कबिच भेटवार्ता
ratopati.com · Wed Aug 05 08:26:36 GMT 2026

काठमाडौँ । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबिच कनेक्टिभिटी बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।
मन्त्री खनालको सचिवालयका अनुसार दुई देश बिचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गर्दै उनले लगानीका लागि विभिन्न क्षेत्रको पहिचान गर्नुपर्ने विषयमा कुराकानी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)