‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ को विश्वव्यापी कमाइ ६ दिनमै १ अर्ब डलर नाघ्यो
onlinekhabar.com · Wed Aug 05 08:29:47 GMT 2026

लस एन्जलस (भेराइटी) । सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ ।
टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा अझ छिटो पार गरेको थियो । ‘एन्डगेम’ले पहिलो सप्ताहन्तमै विश्वभर १.२ अर्ब डलर कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)