बहुआयामिक अभिनयले मन जितेकी काजोलको जन्मदिन
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री काजोल आज आफ्नो ५२औँ जन्मदिन मनाउँदैछिन्। सन् १९७४ अगस्ट ५ मा जन्मिएकी काजोलले तीन दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी चलचित्र उद्योगलाई थुप्रै अविस्मरणीय पात्र र सफल फिल्महरू दिएकी छन्। रोमान्टिक भूमिकादेखि गम्भीर र चुनौतीपूर्ण चरित्रसम्म उनले आफ्नो बहुआयामिक अभिनय क्षमताको परिचय दिएकी छन्।
काजोलको नाम आउँदा दर्शकले सबैभन्दा पहिले सम्झिने फिल्ममध्ये एक सन् १९९५ मा प्रदर्शन भएको ‘दिलवाले दुल्हनिया ले जायेंगे’ हो। यस फिल्ममा उनले निभाएको ‘सिमरन’ पात्र आज पनि बलिउडको सबैभन्दा लोकप्रिय महिला पात्रमध्ये एक मानिन्छ र अभिनेता शाहरुख खानसँगको उनको जोडीले फिल्मलाई कालजयी बनाएको थियो। यसअघि सन् १९९३ मा आएको थ्रिलर फिल्म ‘बाजीगर’ ले पनि काजोलको करियरलाई नयाँ उचाइ दिएको थियो, जहाँ ‘प्रिया चोपडा’को भूमिकामा उनले भावनात्मक अभिनय प्रस्तुत गरेकी थिइन् र यही फिल्मबाट शाहरुख खानसँगको उनको चर्चित जोडीको सुरुआत भएको मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)