नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
khabarhub.com · Wed Aug 05 08:54:30 GMT 2026

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका उक्त मुलुकका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उनले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताउनुमा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)