फिल्म ‘बा एक योद्धा’ भदौ १९ गतेबाट विश्वभर प्रदर्शनमा आउने
ratopati.com · Wed Aug 05 09:12:14 GMT 2026

काठमाडौँ । पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको निर्माण संस्था आर्टिस्टिक इन्टरटेन्मेन्टले जनाएको छ ।
चलचित्रको निर्माता वसन्त लम्साल हुन् । निर्माता लम्सालका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर सङ्घर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)