रकेटको अवशेष चन्द्रमामा ठोक्किँदै, पृथ्वीका लागि कुनै खतरा छ ?
kendrabindu.com · Wed Aug 05 09:11:30 GMT 2026

काठमाडौं । विगत केही समयदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा तैरिरहेको अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको एक रकेटको अवशेष चन्द्रमाको सतहमा ठोक्किने भएको छ।
सन् २०२५ को जनवरीमा फायरफ्लाई एरोस्पेसको मुन ल्यान्डरलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको फाल्कन ९ रकेटको दोस्रो भाग (सेकेन्ड स्टेज) नियन्त्रणबाहिर भई उच्च गतिमा चन्द्रमामा ठोक्किन लागेको हो। करिब चार मेट्रिक टन (४ हजार किलोग्राम) तौल र बस आकारको यो अवशेष करिब ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा चन्द्रमाको ‘आइन्स्टाइन क्रेटर’ नजिकै ठोक्किने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)