धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
ratopati.com · Wed Aug 05 09:19:40 GMT 2026

विराटनगर । कुनै बेला कोशी प्रदेशकै सुविधासम्पन्न धनकुटा जिल्ला अस्पताल अहिले आफैँ थलिएको छ । भौतिक पूर्वाधारसहितका समस्या झेल्नु परेपछि पछिल्लो समय अस्पतालले आमनागरिकका लागि प्रदान गर्ने सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ । निकै पुरानो संरचना भएको अस्पताल भवन अहिले जीर्ण अवस्थामा रहेकाले पनि नागरिकलाई अपेक्षित रुपमा सेवाप्रवाह गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
तथापि, बिरामीको चाप रहे तापनि त्यसलाई धान्ने भौतिक पूर्वाधार नहुँदा विभिन्न चुनौतीको सामना गर्नुपरेको अस्पतालका प्रमुख डा सन्तोष राईले जानकारी दिए । दैनिक ३०० देखि ४०० सयसम्म बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको छ । त्यस अस्पतालमा हाल विशेषज्ञ चिकित्सक ६ जना, मेडिकल अफिसर ४ र सेन्ट्रल अफिसर दुई जना र २० जना नर्स कार्यरत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)