एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
ratopati.com · Wed Aug 05 09:28:22 GMT 2026

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सुविधाको लाभ लिन ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ। प्याक एक्टिभेट भएपछि ग्राहकले रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन् र क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ। प्राप्त रिवार्ड २४ घण्टाभित्र दाबी गर्नुपर्ने तथा जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)