अब एउटै ‘फिरिरी’ एपबाट राइड, खाना, होटलदेखि शिक्षासम्मका सबै सेवा
kalakarmi.com · Wed Aug 05 09:45:06 GMT 2026

काठमाडौं- नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा प्रारम्भ गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा. लि.’ ले यसलाई पूर्ण ‘अल-इन-वन’इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो ।
यो एपको सुरुवातसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । फिरिरी सुपर एपभित्र राइड–सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स जस्ता आधारभूत सेवाहरू समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)