बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित: उच्च सतर्कता अपनाउन आग्रह
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा यातायात सेवा प्रभावित बनेको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण तीन वटा सडकखण्ड पूर्ण रूपमा र छ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका छन् भने पहिरोबाट प्रभावित २४ वटा सडकखण्ड सामान्य सुधारपछि पुनः सञ्चालनमा आएका छन्। पहिरो, नदी कटान, हिलो र सडक भासिने समस्याका कारण मुख्य राजमार्गहरूमा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन निषेध गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग एक महिना अवरुद्ध छ । पानी परेपछि वैकल्पीक सिमलगोलाई सडक समेत हिलो भएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)