देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
swasthyakhabar.com · Wed Aug 05 09:52:17 GMT 2026

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रेबिज रोगविरुद्धको खोप सातै प्रदेशमा पठाउन सुरु गरिएको जनाएको छ।
महाशाखाका अनुसार स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियामार्फत प्राप्त खोपको पहिलो खेप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालिएको हो। आवश्यकताका आधारमा प्रदेशहरूमा पठाइने खोप सम्बन्धित स्वास्थ्य संस्थासम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)