कांग्रेसले भन्यो– प्रमाणविना छापा मार्दा निजी क्षेत्रको मनोबल घट्यो
baahrakhari.com · Wed Aug 05 09:52:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सरकारको व्यवहारका कारण निजी क्षेत्रको मनोबल घटेको बताएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रमाणविना छापा मार्ने, व्यवसायीहरूलाई धरपकड गर्ने, कानुन हातमा लिई व्यवसायीको हातखुट्टा भाँच्ने, थुन्ने जस्ता अमर्यादित र अशोभनीय गतिविधि सरकारले गरेको आरोप लगाएको हो ।
“राज्यको अर्थतन्त्रले मन्दी, कमजोर लगानी र बढ्दो बेरोजगारी जस्ता समस्याहरूसँग संघर्ष गरिरहेको यो अवस्थामा समेत सरकार निजी क्षेत्रविरूद्ध उत्रिएको देखिन्छ,” कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, “सरकारको यो व्यवहार र नीतिगत अनिश्चितताले निजी क्षेत्रको मनोबल खस्केको मात्र होइन, स्वदेशी तथा वैदेशिक लगानी घट्ने जोखिम बढाएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)