सार्वजनिक विद्यालयमा एआई शिक्षा, विद्यालय नर्स र निःशुल्क शिक्षक तालिमको व्यवस्था गर्न माग
himalpress.com · Wed Aug 05 10:02:03 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली विस्तार गर्न सरकारसँग माग गरेको छ। संगठनले प्रत्येक सार्वजनिक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्न तथा शिक्षकका सबै प्रकारका पेसागत तालिम राज्यले निःशुल्क सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ।
२४औँ राष्ट्रिय परिषद्बाट पारित ‘ललितपुर घोषणापत्र-२०८३’ मा २१औँ शताब्दीको शैक्षिक आवश्यकताअनुसार सार्वजनिक विद्यालयमा एआई, सूचना तथा सञ्चार प्रविधि (आईसीटी), अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षण प्रणाली विकास गर्नुपर्ने उल्लेख गरिएको छ। यसका लागि शिक्षकलाई आधुनिक प्रविधिसम्बन्धी नियमित तालिम र आवश्यक अनुदान उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)